जनजाति महासंघको उद्घोषण तालिमको समापन
नवलपुर ।
नेपाल आदिवासी जनजाति महासंघ कावासोती १ वडा समन्वय परिषदको आयोजनामा कावासोती १ मा भएको ७ दिने नेतृत्व विकास क्षमता अभिवृद्धि तथा उद्घोषण तालिमको आज समापन गरिएको छ ।
तालिमको समापन कार्यक्रममा बोल्दै नगर उपप्रमुख फूलकुमारी थनेतले आगामी आर्थिक बर्षमा जनजाति लक्षित बजेट विनियोजन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
उहाँले आदिवासी जनजाति समुदाय एक भएर आदिवासी जनजातिको हकहितका लागि लड्नु पर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद नवलपुरका अध्यक्ष रामकुमार श्रेष्ठ, कावासोती १ का कार्यवाहक वडाध्यक्ष ओम थापा, तमु ह्युल छोज धि गुरुङ राष्ट्रिय परिषद नवलपुरका अध्यक्ष जगतकाजी गुरुङ, प्रशिक्षक एवम पत्रकार कमला राना, स्थानीय संघसंस्थाका प्रतिनिधिहरु प्रशिक्षार्थीहरु लगायतले शुभकामना मन्तव्य राख्नु भएको थियो ।
७ दिन सम्म चलेको तालिममा कावासोती १ भित्रका ४० भन्दा आदिवासी जनजातिहरुको सहभागिता रहेको थियो ।
तालिम नेपाल आदिवासी जनजाति महासंघ कावासोती १ वडा समन्वय परिषदका अध्यक्ष चनमति राना मगरको अध्यक्षतामा भएको थियो ।