विनयी खोलामा नयाँ पुल निर्माण सकियो, अबको २८ दिनमा सञ्चालनमा आउने
रामकुमार श्रेष्ठ –
नवलपुर । पूर्वपश्चिम राजमार्गको बुटवल नारायणगढ सडक खण्डको दुम्किबासमा पर्ने विनयी खोलामा नयाँ पुल निर्माणको काम सकिएको छ ।
चाइना स्टेट कम्पनीका इन्जिनियर राकेश झाका अनुसार दुम्किबासको विनयी खोलाको अन्तिम स्पानमा आज ढलानको काम सकिएसँगै पुल निर्माणको काम सकिएको हो ।
उक्त पुल निर्माण सम्पन्न भएसँगै अबको २८ दिनमा पुल माथिबाट सवारी साधन सञ्चालनमा लाइयने झाले बताए ।
गत २६ पुसमा भारतीय हेवी ट्रक पास हुने क्रममा दुम्किवासको पुरानो पुल भाँचिएपछि डाइभर्सनको भरमा यातायात सञ्चालन हुँदै आएको छ । बुटवल नारायणगढ सडक आयोजनाले विनयी खोलामा पुल निर्माण सम्पन्न भएसँगै बर्षा अगाडि नै पुल सञ्चालनमा आउने जनाएको छ ।