गैडाकोटमा भएको सवारी दुर्घटनामा ५ जना घाइते 




नवलपुर ।

नवलपुरको गैडाकोटमा भएको दुई छुट्टा छुट्टै सवारी दुर्घटनामा परी ५ जना घाइते भएका छन् ।



जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार गएराति गैडाकोट १३ अमरापुरीमा नम्बर नखुलेको कारले ग.प्र.०४–००१ प ७९३९ नम्ब्रको मोटरसाइकलाई ठक्कर दिंदा मोटरसाइकलमा ३ जना घाइते भएका छन् ।

दुर्घटनामा परी मोटरसाइकल चालक कावासोती ३ वस्ने बर्ष २५ को सुम बहादुर सुनारी, मोटरसाइकल पछाडि सवार गैडाकोट ५ निवासी २७ बर्षीया रोशनी आले र निजको ३ बर्षीया छोरी मिया आले घाइते भएका छन् ।

त्यसैगरी आज विहान गैडाकोट ९ थुम्सीमा बा. प्र.०१ ००६ख ५७७० नम्बरको बसले ग.प्र.०४ ००१ ह ०५२५ नम्बरको अटोलाई  ठक्कर दिएको छ ।

दुर्घटनामा परी गैंडाकोट नगरपालिका वडा नं ६ निवासी ४५ बर्षीया सरस्वती बि.क र पर्वत जिल्लाको फलेबास नगरपालिका ८ निवासी ५४ बर्षीय यम बहादुर बि.क. घाइते भएका छन् ।



सम्बन्धित
Loading...