नवलपुरमा अत्यधिक गर्मी, गर्मी बढेपछि विद्यालय बन्द




रामकुमार श्रेष्ठ –
नवलपुरमा अत्यधिक गर्मी बढेको छ । गर्मी बढेसँगै नवलपुरका तराई क्षेत्रका ५ वटा पालिकाले विद्यालय तथा शैक्षिक संस्थाहरुमा गर्मी विदा दिएको छ । नवलपुरमा अहिले न्यूनतम तापक्रम २९ डिग्री र अधिकतम् तापक्रम ३९ देखि ४० डिग्री सेल्सियससम्म पुगेको छ ।

गर्मी बढेसँगै बालबालिकाको स्वास्थ्यमा असर पर्न सक्ने भन्दै पालिकाहरुले गर्मीमा विद्यालय तथा शैक्षिक संस्थामा विदा दिएका हुन् ।



नवलपुरको गैडाकोट नगरपालिकाले आजदेखि ३ दिन गर्मी विदा दिएको छ भने कावासोती नगरपालिकाले आज सूचना जारी गरी भोलि र पर्सी विद्यालयमा गर्मी विदा दिएको छ ।

त्यसैगरी विनयी त्रिवेणी गाउँपालिकाले पनि भोलि र पर्सी विद्यालयमा गर्मी विदा दिएको छ । विनयी त्रिवेणी गाउँपालिकाले आज सूचना जारी गरी विद्यालयमा गर्मी विदा दिएको हो ।

त्यसैगरी मध्यविन्दु र देवचुली नगरपालिकाले पनि आज सूचना जारी गरी विद्यालयहरुको अनुकुलतामा विद्यालय बन्द गर्न सूचना जारी गरेको छ ।



सम्बन्धित
Loading...