रेडक्रस कावासोतीद्वारा रक्तदाता संस्थालाई सम्मान 




नवलपुर । नेपाल रेडक्रस सोसाइटी कावासोती उपशाखाले शनिबार विश्व रक्तदाता दिवसको अवसर पारेर रक्तदाता संस्थाहरुलाई सम्मान गरेको छ ।

नेपाल रेडक्रस सोसाईटी उपशाखा कावासोती एवम नवलपुर रक्त सञ्चार सेवाले नवलपुरको प्राविधिक सहयोगमा रक्तदान कार्यक्रम आयोजना गर्ने संस्थाहरुलाई सम्मान गरिएको कावासोती उपशाखाकी अध्यक्ष अमृता सिग्देलले बताइन् ।



रक्तदान कार्यक्रम आयोजना गर्ने ५४ वटा संघसंस्थालाई सम्मान गरिएको हाृे ।

कार्यक्रम नेपाल रेडक्रस सोसाईटी उपशाखा कावासोतीका सभापति अमृता सिग्देलको अध्यक्षता तथा कावासोती ८ का वडाध्यक्ष गोकर्ण रिमालको प्रमुख अतिथ्यतामा भएको थियो ।



सम्बन्धित
Loading...