क्रान्तिकारी कम्युनिष्ट पार्टीको कावासोतीमा खबरदारी सभा




नवलपुर । क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल नवलपुरले आज कावासोतीमा विरोध सभा गरेको छ ।

भ्रष्टाचारको विरोधमा गरिएका खबरदारी तथा विरोध सभा कावासोतीको फलफूल चोकमा भएको थियो ।



सभामा बोल्दै क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालको गण्डकी प्रदेश इन्चार्ज अशोक लम्साल अनुकुलले देशमा राज्य व्यवस्था नै भ्रष्टचारमा चुर्लुम्म डुबेको बताए ।

त्यसैगरी कार्यक्रममा क्रानितकारी कम्युनिष्ट पार्टी नेपाल नवलपुरका जिल्ला सेक्रटेरी उत्तम थापाले नेपालमा वैदेशिक रोजगारीको नाममा मान्छे बेच्ने काम हुन थालेको भन्दै यस्ता काम तत्काल रोक्नु पर्नेमा जोड दिए ।

क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालले आजदेखि देशभर भ्रष्टचार विरुद्ध खबरदारी सभा शुरु गरेको छ ।



सम्बन्धित
Loading...