चितवन टाइगर रिर्सोटमा आगलागी भएर घाइते बालिकाको उपचारको क्रममा मृत्यु 




रामकुमार श्रेष्ठ  –

नवलपुर ।  नवलपुरको देवचुली नगरपालिका–१७ पिप्रहरस्थित टाइगर रिसोर्टमा ३० गते राति आगोले पोलेर घाइते भएका ५ जना मध्ये १ जनाको उपचारको क्रममा मृत्यु भएको छ । आगाले पोलेर एकै परिवारका ३ जना सहित ५ जना घाइते भएका थिए ।



जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरीक्षक मधु नेपालका अनुसार कावासोती नगरपालिका–८ निवासी ४४ वर्षीय प्रदीप कुमार भट्टराईकी छोरी ६ बर्षीया बालिका अन्नी भट्टराईको निधन भएको हो ।

उनको आज उपचारको क्रममा कृतिपुरको वर्न अस्पतालमा मृत्यु भएको हो ।

उक्त आगोमा परेर कावासोती नगरपालिका–८ निवासी ४४ वर्षीय प्रदीप कुमार भट्टराई, उनकी श्रीमती ४१ वर्षीया मीना पौडेल, छोरी ६ वर्षीया अन्नी भट्टराई र भट्टराईकै कर्मचारी २६ वर्षीय अषिम राना र २४ वर्षीय अनुप गुरुङ घाइते भएका थिए ।

भट्टराई कावासोतीमा मध्यविन्दु आँखा उपचार केन्द्रका सञ्चालक हुन् । बाँकी घाइतेहरुको कृतिपुर वर्न अस्पतालमा उपचार भईरहेको प्रहरी नायव उपरीक्षक मधु नेपालले बताए ।

उक्त घटनामा चितवन टाइगर रिसोर्टको गम्भीर लापरवाही भएको पाइएको छ ।

रिसोर्टमा सेकुवा पोल्ने क्रममा कोइला उछिट्टिएर  आगलागी भएर पाँच जना  घाइते भएको भन्ने प्रहरीको प्रारम्भिक भनाइ भए पनि घाईतेले छेउमा बसेर खाजा खादै गर्दा बारविक्युमा होटलका स्टाफले पेट्रोल हालेकाले यस्तो घटना घटेको घाइते प्रदीपकुमार भट्टराईले जनाएका छन् ।

भट्टराईले बारविक्युमा होटलका स्टाफले पेट्रोल हाल्दा यो घटना भएको भिडियो सन्देसमा जनाएका छन् । यता जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी उपरीक्षक यादव ढकालले घटनाको अनुसन्धान भईरहेको बताएका छन तथापि घाइतेहरु निको भएर फर्किएपछि थप अनुसन्धान सहज हुने उनको भनाई छ ।



सम्बन्धित
Loading...