दाउन्ने र दुम्किबासमा फसेका १५ सय सवारीसाधनलाई गन्तव्यतर्फ पठाइयो
नवलपुर ।
लगातार ६ दिनदेखि पूर्वपश्चिम राजमार्गको नारायणगढ बुटवल सडक खण्डमा यातायात बन्द भएपछि यहाँ अलपत्र परेका १५ सय बढी सवारी साधनलाई आज गन्तव्य तर्फ पठाइएको छ ।
हिजो र आज दुई दिन दुई दिन पूर्ण रुपमा सडकमा सवारी आवागमन बन्द गरेर १५ सय सवारी साधनलाई गन्तव्य तर्फ पठाइएको हो ।
यस क्षेत्रमा अझै मालबाहक ट्रक, लरी लगायतका ठूला हेबी भार बोकेका ८० भन्दा बढी सवारी साधन फसेका थिए । तिनीहरुलाई पनि आइतबार साँझ विनयी खोलामा अस्थायी डाइभर्सन बनाएर पठाइएको उनले बताए ।
ति सवारी साधन दुम्किबास सर्दी हुँदै हिड्ने बाटोबाट जान सक्ने अवस्था नरहेको कारण तत्काल विनयी खोलामा अस्थायी डाइभर्सन बनाएर पठाइएको भएको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी उपरीक्षक यादव ढकालले बताए ।
खोला छेउ आसपास फसेका ८० बढी मालबाहक सवारी साधनहरुलाई कटाएपछि अस्थायी डाइभर्सन भत्काइएको उनले जानकारी दिए ।
यसैबीच १५ सय सवारी साधनलाई पास गराइए सँगै दाउन्नेमा हल्का सवारी साधन चल्न दिन थालिएको उनले बताए । तथापि साँझ ७ बजेबाट विहान ५ बजेसम्म भने हल्का सवारी साधन पनि चल्न प्रतिबन्ध लगाइएको छ ।
अहिले दाउन्ने खण्डमा सडक आयोजना र चाइना स्टेट कम्पनीले गिटी विछ्याउने र रोडर लगाउने काम गरेको छ ।
यहाँ १० दिन भित्र ५ सय टिप गिटी विछ्याइने जनाइएको मा ३ दिनसम्मा जम्मा ३० टिप्पर गिटी विछ्याइएको आयोजनाले जनाएको छ ।