नयाँ पशु स्वास्थ्य तथा पशु व्यवसायीका लागि अभिमुखीकरण




नवलपुर । नयाँ पशु स्वास्थ्य तथा नयाँ पशु व्यवसायीका लागि कावासोतीमा अभिमुखीकरण कार्यक्रम गरिएको छ ।

पशु स्वास्थ्य तथा पशु सेवा व्यवसायी परिषदको आयोजनामा भएको कार्यक्रममा नवलपुर भित्रका पशु प्राविधिक तथा पशु स्वास्थ्यकर्मीहरुको सहभागिता रहेको थियो ।



कार्यक्रममा सहभागीहरुले कृषि पशु व्यवसायीको नाममा गैह्र कृषकहरुले अनुदान पाएको भन्दै आवाज उठाएका थिए । त्यसैगरी पशु प्राविधिकहरु बजार र सहर केन्द्रित हुँदा दुर्गम क्षेत्रका किसानहरुले प्राविधिक ज्ञान नपाउँदा पुरानै पद्दतिबाट पशु पालन गर्नु पर्ने बाध्यता रहेको बताइएको थियो ।

कार्यक्रम जिल्ला समन्वय समिति नवलपुरका उपप्रमुख सकुन्तला लम्सालको प्रमुख आतिथ्यतामा भएको थियो ।

कार्यक्रममा बोल्दै उपप्रमुख सकुन्तला लम्सालले पशुपालक कृषकहरुलाई पशुमा लाग्ने कृषि लगायतका सम्बन्धी ज्ञान दिनु आवश्यक रहेकोमा जोड दिनुभयो । उपप्रमुख लम्सालले कृषकहरुलाई दिइने अनुदान वास्तविक तथा ग्रामिण क्षेत्रका कृषकहरुसम्म पुग्नु पर्नेमा जोड दिनुभयो ।

त्यसैगरी उपप्रमुख लम्सालले तालिम प्राप्त तथा दक्ष युवा पशु प्राविधिहरुलाई नेपालमा अवसर नभएकै कारण विदेशिनु परेका घटनाहरु बाहिर आइरहेको बेला यस्ता दक्ष जनशक्ति रोक्न सरकार लागि पर्नु पर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा परिषदका उपाध्यक्ष रामप्रसाद मेहता, रजिष्ट्रार जनकबहादुर रावल, भेटनरी अस्पताल तथा पशु विकास केन्द्र नवलपुरका प्रमुख डा. शर्मिला कुमाल लगायतले मन्तव्य राख्नु भएको थियो ।

कार्यक्रममा वक्ताहरुले नेपाल कृषि प्रधान देश भनिएपनि पशुपालक तथा अन्य किसानहरु घट्दै जानु मुख्य कारण कृषिमा बजेट प्रयाप्त विनियोजन नहुनु रहेकोमा जोड दिएका थिए ।



सम्बन्धित
Loading...