नवलपुरमा असार १५ सम्म ४० प्रतिशत धान रोपाई सकियो
रामकुमार श्रेष्ठ –
नवलपुर । नवलपुरमा असार १५ सम्म ४० प्रतिशत धान रोपाई सकिएको छ ।
कृषि ज्ञान केन्द्र नवलपुरका अनुसार नवलपुरमा १८ हजार हेक्टर क्षेत्रफलमा धान खेती हुने गर्दछ । ति मध्ये असार १५ सम्म ४० प्रतिशत क्षेत्रफलमा धान रोपाई सकिएको कृषि ज्ञान केन्द्र नवलपुरका प्रमुख कुलप्रसाद तिवारीले बताए ।
उनका अनुसार यस बर्ष पानी राम्रो परेका कारण धान खेतीमा सहज भएको छ ।
नवलपुरमा ६१ हजार क्षेत्रफल खेती योग्य जमिन रहेको छ । जस मध्ये ४९ हजार हेक्टर क्षेत्रफलमा खेती हुने गर्दछ भने २७ हजार हेक्टर क्षेत्रफल अर्थात खेती हुने जमिन मध्ये ५५ प्रतिशत क्षेत्रफलमा मात्र सिचाई सुविधा पुगेको कृषि ज्ञान केन्द्र नवलपुरका कृषि अर्थ विज्ञ संजय ढकालले जानकारी दिए ।
सिचाई सुविधा पुगेको २७ हजार हेक्टर क्षेत्रफ मध्ये २० हजार हेक्टर क्षेत्रफल जमिनमा १२ महिना सिचाई सुविधा उपलब्ध रहेको छ भने ७ हजार हेक्टर क्षेत्रफलमा मौसमी सिचाईको सुविधा रहेको छ ।
नवलपुरमा ६१ हजार हेक्टर क्षेत्रफल खेती योग्य जमिन भएपनि यहाँ १८ हजार हेक्टर क्षेत्रफलमा मात्रै धान खेती हुने गरेको कृषि ज्ञान केन्द्र नवलपुरको तथ्यांकमा उल्लेख रहेको छ ।
सिचाई सुविधा नपुगेको क्षेत्रमा नवलपुरमा आकाशे पानीकै भरमा खेती गर्नु पर्ने बाध्यता रहेको छ ।
नवलपुरमा सावा मन्सुली, सावित्री, हर्दिनाथ ६, रामधान, अनदि लगायतका धान खेती हुने गर्दछ ।