कावासोती नगरपालिकाले १८ लाख बढीको कृषि सामग्री हस्तान्तरण गर्यो




नवलपुर । नवलपुरको कावासोती नगरपालिकाद्वारा यस बर्ष १८ लाख बढीका कृषि उपकरणहरु कृषकहरुलाई अनुदानमा वितरण गरेको छ ।

कावासोती नगरपालिका कृषि शाखा प्रमुख शिव नारायण कुमालका अनुसार ५० प्रतिशत अनुदानमा कृषकहरुलाई मिनी टिलर, स्प्रे टंकी, रिपर, मकै रोप्ने मेसिन, पानी तान्ने मोटर, डिजिटल काँटा, ठेला गाडा लगायत वितरण गरेको छ ।




त्यसैगरी त्रिपाल, कुटानी पिसानी मेसिन, फरुवा, बेल्चा, कम्बाइन मिल लगायतका सामग्रीहरु गरी १८ लाख ३१ हजार बढीको कृषि उपकरण हस्तान्तरण गरेको कृषि शाखा प्रमुख कुमालले जानकारी दिए ।

उनका अनुसार नयाँ तरकारी पकेट विकास कार्यक्रम, ७५ प्रतिशत अनुदानमा कृषि औजार तथा उपकरण वितरण कार्यक्रम, मसिनो तथा बास्नादार धान प्रवर्धन कार्यक्रम, पारिवारिक खेती प्रवर्धन कार्यक्रम र कृषि जैविक विविधता, संरक्षण तथा सामुदायिक विउ बैंक सुदृढीकरण कार्यक्रम अन्तरगत कृषि उपकरणहरु वितरण गरिएको हो ।

यस बाहेक वडाहरुले पनि कृषि उपकरणहरु वितरण गरेको उनले जानकारी दिए ।



सम्बन्धित
Loading...