सर्पदंशका कारण कावासोतीमा १ जना विरामी
नवलपुर ।
नवलपुरको कावासोती १६ तिनघरेमा सर्पदंशका कारण एक जना महिला विरामी परेका छन् ।
कावासोती १६ तिनघरे बस्ने बर्ष ३५ की उमा सुनारलाई आफ्नै घरको दैलोमा चप्पल लगाउने क्रममा प्रजाती नखुलेको सर्पले दाहिने खुट्टामा टोकी बिरामी भएका प्रहरीले जनाएको छ ।
उनको मध्यबिन्दु प्रादेशिक अस्पताल डण्डा उपचार भईरहेको र अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ ।