कावासोती नगरपालिकाले दीर्घकालिन योजनामा ध्यान दिन नसकेको गुनासो




कावासोती नगरपालिकाको अन्तिम सार्वजनिक सुनुवाई कावासोती नगरपालिकाको सभाहलमा भएको छ ।

१ बर्षमा ४ पटक सार्वजनिक सुनुवाई गर्ने नीति अनुसार यो आर्थिक बर्षको यो अन्तिम सार्वजनिक सुनुवाई गरिएको हो ।




कार्यक्रममा कावासोती नगरपालिकाका कार्यवाहक नगर प्रमुख फूलकुमारी थनेत, प्रमुख प्रशासकीय अधिकृत लिलाराज पौडेल, कावासोती ४ का वडाध्यक्ष नारायण लोहनी, कावासोती ३ का वडाध्यक्ष डोरमान गिरी लगायतले उठेका सवालहरुमा जवाफ दिएका थिए ।

कार्यक्रममा सहभागीहरुले नगरपालिकाले योजना छनौट गर्दा दीर्घकालिन योजनाहरु छनौट गर्न नसकेको, नजिकका आसेपासेहरुलाई बजेट दिने गरेको जस्ता गुनासाहरु गरेका थिए ।

कार्यक्रममा बोल्दै कावासोती १५ का स्थानीय बासिन्दा ध्रुव श्रेष्ठले केरुङ्गे खोला तटबन्धन, नदीजन्य वस्तको चोरी निकासी र कृषकहरुलाई अनुदान दिनमा सरकारको ध्यान पुग्न नसकेको बताए ।

त्यसैगरी कार्यक्रममा कावासोती ३ का बासिन्दा वेदप्रसाद न्यौपानेले कावसाोती नगरपालिकाले जेष्ठनागरिकहरुले वितरण गरेको रकम लिन जाँदा बैंकहरुले जेष्ठनागरिकहरुलाई अपमान गरेको बताउँदै नगरपालिका भित्रै बैंकका काउण्टर स्थापना गर्नु पर्नेमा जोड दिए ।

त्यसैगरी उनले केरुङ्गे खोलालाई बोझको रुपमा नभएर मोहोरको रुपमा नगरपालिकाले रुपान्तरण गर्नु पर्नेमा पनि जोड दिए ।

कार्यक्रम पत्रकार तिर्थराज डुम्रेको सञ्चालन र कार्यवाहक नगरप्रमुख फूलकुमारी थनेतको अध्यक्षतामा भएको थियो ।



सम्बन्धित
Loading...