कावासोतीमा गाडीको ठक्करबाट चित्तल घाइते




नवलपुर । नवलपुरको कावासोती ८ स्थित खरकट्टा जंगलमा सवारी साधनको ठक्करबाट एउटा पोथी जातको चित्तल घाइते भएको छ ।

जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार आज विहान ६ बजेतिर पूर्वपश्चिम राजमार्गमा चित्तल घाइते अवस्थामा भेटेर उद्दार गरी डिभिजन वन कार्यालय नवलपुरको जिम्मा लगाइएको थियो ।




घाइते चित्तलको डिभिजन वन कार्यालयमा राखेर उपचार भइरहेको डिभिजन वन कार्यालय नवलपुरका सूचना अधिकारी शिसिर लम्सालले बताए ।

उनका अनुसार उक्त चित्तल गाडीको आक्रमणबाट घाइते भएको हो तर, ठक्कर दिने सवारी साधनको पहिचान भएको छैन ।



सम्बन्धित
Loading...