विभिन्न अपराधिक घटनामा सम्लग्न भई फरार ७ जना पक्राउ




रामकुमार श्रेष्ठ –
नवलपुर । नवलपुरका विभिन्न अपराधिक घटनाका सम्लग्न रही फरार रहेका ७ जना अभियुक्त नवलपुर प्रहरीले प्रक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरीक्षक मधु नेपालका अनुसार उनीहरु जबरजस्ती करणीदेखि सवारी ज्यान मुद्दासम्मका अभियोगमा दोषी ठहर भएका सम्म छन् ।




पक्राउ परेकाहरुलाई नवलपुर जिल्ला अदालतमा पेश गरी सजाय भुक्तानका लागि जेल चलान गरेको प्रहरी नायव उपरीक्षक मधु नेपालले बताए ।

प्रहरीका अनुसार जबरजस्ती करणी मुद्धाको फरार प्रतिवादी कावासोती ३ निवासी ५७ बर्षीय भगवत भट्टराई, लिखित बेइज्यती मुद्धाको फरार प्रतिवादी देवचुली ३ निवासी ४२ बर्षीय सुदन पाठक, चौपाय चोरी मुद्धाको फरार प्रतिवादी देवचुली ५ निवासी ३६ बर्षीय कृष्ण बहादुर नेपालीलाई पक्राउ गरिएको छ ।

त्यसैगरी सवारी ज्यान मुद्धाको फरार प्रतिवादी देवचुली १७ निवासी ५१ बर्षीय भुपाल थापा मगर, लागुऔषध मुद्दामा फरार प्रतिवादी देवचुली २ निवासी २२ बर्षीय बिशाल बि.क., सवारी ज्यान मुद्धाकै फरार प्रतिवादी बिनयी त्रिवेणी गाउँपालिका ७ निवासी २५ बर्षीय हिरा बहादुर गुरुङ र डाँका चोरी मुद्दाको फरार प्रतिवादी बिनयी त्रिवेणी गाउँपालिका ६ निवासी २२ बर्षीय विक्रम गुरुङलाई पक्राउ गरिएको हो ।



सम्बन्धित
Loading...