नवलपुर पूर्ण खोप तथा दीगोपना सुनिश्चिता जिल्ला घोषणा




रामकुमार श्रेष्ठ –
नवलपुर । नवलपुर जिल्लालाई आज पूर्ण खोप तथा दीगोपना सुनिश्चितता जिल्ला घोषणा गरिएको छ ।

प्रदेश जनस्वास्थ्य कार्यालय नवलपुरको आयोजनामा आज दलदलेमा भएको कार्यक्रममा यस्तो घोषणा गरिएको हो ।




गण्डकी प्रदेशका स्वास्थ्य मन्त्री कृष्ण प्रसाद पाठकले जिल्लालाई पूर्ण खोप तथा दीगोपना सुनिश्चितता जिल्ला घोषणा गरेका हुन् ।

कार्यक्रममा बोल्दै स्वास्थ्य मन्त्री पाठकले आम नागरिकको स्वास्थ्यमा ध्यान दिने सरकारको दायित्व रहेकोमा जोड दिएका थिए ।

कार्यक्रम जिल्ला समन्वय समिति नवलपुरका प्रमुख बाबुराम विश्वकर्माको अध्यक्षतामा भएको थियो ।

नवलपुरका आठ वटै पालिकालाई पूर्ण खोप तथा दीगोपना सुनिश्चितता पालिका घोषणा भएपछि नवलपुर जिल्लालाई पनि पूर्ण खोप तथा दीगोपना सुनिश्चितता जिल्ला घोषणा गरिएको प्रदेश जनस्वास्थ्य कार्यालय नवलपुरले जनाएको छ ।

यसैबीच जिल्ला समन्वय समितिमा भएको स्वागत कार्यक्रममा बोल्दै गण्डकी प्रदेश सांसद तथा स्वास्थ्य मन्त्रालयका मन्त्री कृष्ण प्रसाद पाठकले नवलपुरको कावासोतीमा निर्माणाधिन नमुना सदरमुकामका लागि भवन निर्माणमा प्रदेश सरकारले पनि बजेट विनियोजन गर्न पहल गर्ने प्रतिबद्धता जनाएका छन् ।



सम्बन्धित
Loading...