नवलपुरमा विभिन्न घटनाका दोषी फरार ४ जना पक्राउ
नवलपुर । जिल्ला प्रहरी कार्यालय नवलपुरले विभिन्न घटनामा दोषी फरार ४ जनालाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरीक्षक मधु नेपालका अनुसार अदालतबाट दोषी ठहर भई फरार रहेका नवलपुरका ४ जनालाई पक्राउ गरिएको हो ।
पक्राउ परेकाहरुलाई नवलपुर जिल्ला अदालतमा पेश गरी आवश्यक कारवाही अगाडि बढाइएको छ ।
पक्राउ पर्नेमा चेक अनादर मुद्धामा फरार कावासोती नगरपालिका ३ निवासी ४२ बर्षीया नम कुमारी राना, लागुऔषध मुद्दामा फरार देवचुली १४ निवासी २८ बर्षीय विनोद रानाभाट, चोरी मुद्दामा फरार देवचुली १२ निवासी ४८ बर्षीय दिलबहादुर परियार र ज्यान मार्ने उद्योगमा फरार देवचुली ८ निवासी ४२ बर्षीय धनबहादुर बाह्रघरे रहेका छन् ।
यस अघि नवलपुर प्रहरीले विभिन्न घटनामा दोषी ठहर भई फरार रहेको ९ जनालाई पक्राउ गरेको थियो ।