त्रिवेणीमा एक जना पुरुषको शव फेला, भोटेकोशीमा वेपत्ताको हुन सक्ने आशंका
रामकुमार श्रेष्ठ –
नवलपुर । नवलपुरको विनयी त्रिवेणी गाउँपालिका ७ त्रिवेणी ब्यारेज पुलमा एक जना पुरुषको शव फेला परेको छ ।
जिल्ला प्रहरी कार्यालय नवलुरका अनुसार पुलमा घोप्टो परेर तैरिरहेको अवस्थामा अन्दाजी ३५ बर्षीय पुरुषको शव फेला परेको हो । उनको हातमा विनोद लेखेको टाटु रहेको प्रहरीले जनाएको छ ।
आज साँझ उनको शव फेला परेको हो । शवको पहिचान हुन सकेको छैन ।
इलाका प्रहरी कार्यालय त्रिवेणी र इलाका प्रहरी कार्यालय दुम्किबासको टोलीले उनको शव निकालेको हो । शव पोष्टमार्टमका लागि पठाइएको छ । शवको पहिचान हुन नसकेको प्रहरीले जनाएको छ ।
भोटेकोशीको बाढीमा परी वेपत्ताको शव हुन सक्ने आशंका गरिएको छ तथापि यकिन भने भएको छैन ।