कावासोतीमा एक जना महिला मृत फेला
नवलपुर ।
नवलपुरको कावासोती २ हाट बजारमा एक जना महिला मृत अवस्थामा फेला परेकी छिन् ।
जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार नाम, थर वतन नखुलेको अन्दाजी ४५ बर्षीया मंगोलिन वर्णको महिला मृत अवस्थामा फेला परेकी हुन् ।
उनका सनाखत हुन नसकेको प्रहरीले जनाएको छ । उनी हाट बजार नजिकै रहेको दुर्गा मन्दिर पेटीमा मृत फेला परेकी हुन् ।
उनको शव पोष्टमार्टमका लागि मध्यविन्दु प्रादेशिक अस्पताल डण्डा लगिएको प्रहरीले जनाएको छ ।