कावासोती र गैडाकोटमा कुटपिटबाट २ जना घाइते
नवलपुर । नवलपुरको कावासोती १५ गडारमा कुटपिटबाट एक जना घाइते भएका छन् ।
गडारमा गएराति रौतहटको चन्द्रपुर नगरपालिका १० निवासी २१ बर्षीय कम्लेश पासवानलाई कावासोती १५ अग्यौली निवासी यमबहादुर महतोले कुटपिट गरेका हुन् ।
घाइतेको अवस्था सामान्य रहेको र कुटपिट गर्नेलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
त्यसैगरी नवलपुरको गैडाकोट ४ निवासी २४ बर्षीय रमेश मगर पनि कुटपिटबाट घाइते भएका छन् ।
नारायणी नदी किनारमा रमेश मगरलाई गैडाकोट २ निवासी १८ बर्षीय प्रशान्त तामाङले अचानक दाउराले अनुहारमा प्रहार गरेका जनाएको छ ।
उनको नँया मेडिकल कलेज भरतपुर चितवन पठाइएको छ ।