कावासोतीमा फेरि अर्को मजदुरको मृत्यु




नवलपुर । नमुना सदरमुकाममा काम गर्ने क्रममा करेन्ट लागेर एक जना मजदुरको ज्यान गएको घटना सेलाउन नपाउँदै कावासोतीमा अर्का एक जना मजदुरको मृत्यु भएको छ ।

नवलपुरको कावासोती नगरपालिका वडा नं. १४ क्षेत्रवास स्थित भित्रि सडक खण्डमा बलेरो पछाडि बसेर आउने क्रममा बलेरोबाट खसी एक जना मजदुरको मृत्यु भएको छ ।




गोछडाबाट थारुडण्डातर्फ आउदै गरेको ग २ च ८४९३ नम्बरको बलेरो पछाडि बसेर आउने क्रममा रौतहटको विरतावन नगरपालिका वडा नं. २ चन्द्रपुर घर भई हाल कावासोती नगरपालिका वडा नं. १४ थारुडण्डा निवासी २० वर्षिय सविन्द्र पासवान बलेरोबाट सडकमा खसी मृृत्यु भएको हो । उनी सडक निर्माणमा काम गर्ने मजदुर हुन् ।
घटना पश्चात घाईतेलाई उपचारको लागी मध्यविन्दु प्रादेशिक अस्पताल डण्डा ल्याइएकोमा थप उपचारको लागी चितवन मेडिकल कलेज भरतपुर रिफर गरिएकोमा चिकित्सकले मृत घोषणा गरेको हो ।
सवारी चालक ओखलढुङगा भोलुङ गाउपालिका २ लामेडाँडा निवासी २ २ वर्षिय विनोद परियार र बलेरो दुवै प्रहरीकोे नियन्त्रणमा रहेको छ ।

त्यसैगरी नवलपुरको देवचुली नगरपालिका वडा नं. १४ कैलाशचोकस्थित भित्रि सडक खण्डमा अटोले पैदल यात्रीलाई ठक्कर दिदा १ जना घाईते भएका छन् ।
दलदलेबाट धारापानी तर्फ जादै गरेको लु ज्ञ ह ६९८ नम्बरको अटोले साईकल यात्रीलाई ठक्कर दिएको हो ।

दुर्घटनामा परि देवचुली नगरपालिका वडा नं. १० निवासी १५ वर्षिय अभिनास पाण्डे घाईते भएका छन ।
घाईतेलाई उपचारको लागी चितवन मेडिकल कलेज भरतपुर लगएिको छ ।
घाईतेको अनुहारमा चोट लागेको छ भने अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ ।

लागु औषध सहित १ जना पक्राउ

नवलपुर । नवलपुर प्रहरीले लागू औषध सहित १ जनालाई पक्राउ गरेको छ ।
नवलपुरको देवचुली नगरपालिका वडा नं. १२ रम्बादेवी मन्दिर नजिकै शंका लागी चेकजाच गर्ने क्रममा देवचुली नगरपालिका वडा नं. १२ लक्ष्मीपुर निवासी २३ वर्षिय प्रशान्त थापा मगरको साथबाट प्रहरीले लागुऔषध बरामत गरेको छ ।

मोटरसाईकलमा सवार थापामाथि शंका लागी चेकजाच गर्ने क्रममा निजसँग ट्रामाडोल, १०० क्याप्सुल, भामिन १०५ फेला पारेको नवलपुर प्रहरीले जनाएको छ ।
उनलाई मोटरसाईकल सहित प्रहरीले नियन्त्रणमा लिई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय नवलपुर लगिएको छ ।



सम्बन्धित
Loading...