नवलपुरमा भएको दुर्घटना ४ जना घाइते




नवलपुर । नवलपुरको गैडाकोट नगरपालिका ९ थुम्सी जंगल स्थित पूर्व पश्चिम राजमार्गमा गएराति नम्बर नखुलेको सानो सवारी साधनले मोटरसाईकललाई ठक्कर दिदा दुर्घटना भएको छ ।

पुर्वबाट पश्चिमतर्फ जादै गरेको नम्बर नखुलेको सानो सवारी साधनले विपरित दिशाबाट आउदै गरेको बा प्र ०२ ०२९ प २०१५ नम्बरको मोटरसाईकललाई ठक्कर दिदा दुर्घटना भएको हो ।




दुर्घटनामा मोटरसाईकल चालक गोर्खा जिल्ला भिमसेन थापा गाउपालिका वडा नं ७ निवासी २६ वर्षिउ प्रविन श्रेष्ठ घाईते हुनुभएको हो ।

घाईतेलाई उपचारका लागि एलाईभ अस्पताल भरतपुर लगिएकोमा घाईतेको दुवै हात, मुख, दाहिने आखामाथि चोट लागेको र अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ ।

ठक्कर दिने सानो सवारी साधन फरार रहेको छ भने मोटरसाईकललाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
त्यसैगरी नवलपुरको देवचुली नगरपालिका वडा नं. ११ कान्छी टोल स्थित भित्री सडक खण्डमा सवारी दुर्घटना हुदा ३ व्यक्ति घाईते भएका छन ।

धरापानिबाट दलदलेतर्फ आउदै गरेको ना ४० प ६१८ नम्बरको मोटरसाईकलले ठक्कर दिदा दुर्घटना भएको हो ।

दुर्घटनामा परि नवलपुरको देवचुली नगरपालिका वडा नं. १४ निवासी १६ वर्षीय अर्पण पौडेल, नवलपुरको देवचुली नगरपालिका वडा नं. १४ निवासी १५ वर्षिय दिप्सन थापा र मोटरसाईकल चालक नवलपुरको बुलिङटार गाउपालिका ४ निवासी ३७ वर्षिय लालसिंह सुनारी मगर घाईते हुनुभएको हो ।

मोटरसाईकल र मोटरसाईकल चालकलाई सामान्य उपचार पश्चात प्रहरीले नियन्त्रणमा लिएको छ ।



सम्बन्धित
Loading...