गैडाकोटमा हतियार देखाइ लुटपाट

कुसुम परियार –
नवलपुर । नवलपुरको गैडाकोटमा गएराति हतियार देखाई लुटपाट भएको छ ।
जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार नवलपुरको गैडाकोट नगरपालिका १ मिलन मार्ग निवासी सरिता पौडेलको घरबाट करिब ४ तोला सुन लुटेका छन् ।
अन्दाजी राती २ बजेको समयमा घरमा ढोका खुल्ला छोडी बाहिर गएको समयमा अज्ञात ३ जना व्यक्तिहरु घरमा पसी चक्कु देखाई डर त्रास तथा धाक धम्की देखाई गरगहना निकाल्न लगाई लुटेका हुन् ।
घटनास्थलमा प्रहरीले छानविन गर्दा माईली तिलहरी १ थान, सिक्री २ थान, झुम्का, टप लगायत अन्य गरगहना गरि अनदाजी ३,४ तोला सुनको गरगहना चोरी भएको प्रहरीले जनाएको छ ।