यातायात कार्यालयद्वारा २८ करोडभन्दा बढी राजस्व सङ्कलन




यातायात व्यवस्था कार्यालय नवलपुरले गत आर्थिक वर्ष २०८१/०८२ मा २८ करोड ४५ लाख ८७ हजार ९८ रुपैयाँ राजश्व संकलन भएको जनाएको छ । लक्ष्य भेटाउन भने कार्यालय असफल भएको छ । कार्यालयले गत आर्थिक वर्षमा ३५ करोड रुपैयाँ राजश्व सङ्कलन गर्ने लक्ष्य राखेको थियो ।

कार्यालयले सवारी साधन करबाट सबैभन्दा धेरै २२ करोड ८७ लाख ९६ हजार ७४८ रुपैयाँ संकलन गरेको छ भने सवारी चालक अनुमति पत्र र सवारी दर्ता किताव नविकरणबाट ५ करोड १५ लाख १६ हजार ५५ रुपैयाँ संकलन भएको कार्यालयका सिनियर मेकानिकल सुपरभाइजर धर्मेन्द्र प्रसाद साहले जानकारी दिए ।




त्यस्तै यातायात क्षेत्रको आम्दानीबाट ३१ लाख ६६ हजार ५००, प्रशासनिक सेवा शूल्कबाट ११ लाख २ हजार ३५० र ५ हजार ४४५ रुपैयाँ बेरुजु रकम गरी यो राजश्व संकलन गरेको हो ।

आव २०८०/०८१ मा २९ करोड ३९ लाख ७ हजार ३५१ रुपैयाँ राजश्व संकलन गरिएको थियो । गत वर्षको भन्दा यो पटक ९३ लाख २० हजार २५२ कम राजश्व उठेको हो ।

प्रदेश सरकारले राजस्व वृद्धि गर्ने लक्ष्यसहित कर संकलन प्रक्रियालाई चुस्त दुरुस्त बनाउन विशेष योजना अघि बढाएको थियो । जिल्लाा धेरै सवारीसाधनले लामो समयसम्म कर नतिरेपछि कार्यालयले कर संकलन अभियान नै सञ्चालन गरेको थियो ।



सम्बन्धित
Loading...