काँग्रेस एमालेको प्यानललाई हराउँदै डण्डाको बजार समितिका स्वतन्त्र उमेदवार केसी विजयी
रामकुमार श्रेष्ठ –
नवलपुर । काँग्रेस र एमालेको साझा उम्मेदवारलाई हराउँदै डण्डाको बजार विकास समितिका स्वतन्त्र उम्मेदवार हरि केसी विजयी भएका छन् ।
डण्डा बजार विकास समितिको नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनमा हरि केसी पुन अध्यक्षमा निर्वाचित भएका हुन् ।
अध्यक्षमा काँग्रेस एमालेको प्यानलबाट विष्णुप्रसाद खनाल, एमालेका बागी उम्मेदवार मेदनी लाल पाण्डे र स्वतन्त्र उम्मेदवार पदमबहादुर खत्री (हरि केसी) चुनावी मैदानमा थिए ।
स्वतन्त्र उम्मेवार केसी १ सय २४ मत प्राप्त गरी विजयी हुँदा काँग्रेस एमालेका साझा उम्मेदवार विष्णुप्रसाद खनालले ७७, एमालेका बागी उम्मेदवार मेदनीलाल पाण्डेले ६४ मत प्राप्त गरेका थिए ।
त्यसैगरी उपाध्यक्षमा एमालेकी मुना जिसी निर्विरोध निर्वाचित भएकी छिन् भने सचिवमा कृष्णप्रसाद अधिकारी, सहसचिवमा धनु गिरी, कोषाध्यक्षमा अदिपा गिरी निर्वाचित भएको निर्वाचन मण्डलका संयोजक सोम श्रीपालीले बताए ।
त्यसैगरी सदस्यहरुमा तुलबहादुर उचै ठकुरी, रोक्तबहादुर गोतामे, डमर गिरी, अजयकुमार श्रेष्ठ र गोपालबहादुर खत्री विजयी भएका छन् ।
अध्यक्ष पदमा निर्वाचित भएपछि हरि केसीले आफूले यस अघि आफ्नो कार्यकालमा गरेर बाँकी रहेका योजनाहरु यस कार्यकालमा पुरा गर्ने प्रतिबद्धता गरेका छन् ।
<iframe src=”https://www.facebook.com/plugins/video.php?height=315&href=https%3A%2F%2Fwww.facebook.com%2F100089497674171%2Fvideos%2F4241297739471321%2F&show_text=true&width=560&t=0″ width=”560″ height=”430″ style=”border:none;overflow:hidden” scrolling=”no” frameborder=”0″ allowfullscreen=”true” allow=”autoplay; clipboard-write; encrypted-media; picture-in-picture; web-share” allowFullScreen=”true”></iframe>