नवलपुरमा कालीगण्डकी कोरिडोर अवरुद्ध




रामकुमार श्रेष्ठ –
नवलपुर । नवलपुरको गैडाकोट ३ तरङ खोलामा पानीको बहाब बढेसँगै कालीगण्डकी कोरिडोर अवरुद्ध भएको छ ।

जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार गैडाकोट नगरपालिका ३ तरङखोला स्थित कालिगण्डकी करिडोर सडक खण्डमा खोलामा पानिको बहाब बढेको कारण डाईभर्सन बगाई सडक पूर्ण रुपमा अबरुद्ध भएको हो ।




नवलपुरको गैडाकोट हुँदै पाल्पा पुग्ने यो सडक अवरुद्ध हुँदा वैकल्पिक मार्ग प्रयोग गर्ने यात्रुहरुले सास्ती पाउने गर्दछन् ।

पानीको बहाव घटेपछि डाइभर्सन बनाइ सडक सञ्चालन गरिने प्रहरीले जनाएको छ ।



सम्बन्धित
Loading...