एन आर एन ए जापानको केन्द्रिय सदस्यमा युवा ब्यवसायी सुर्य लामीछानेको उम्मेदवारि
शालीकराम भट्टराई –
टाेकीयो जापान – गैर आवासीय नेपाली संघ (एन आर एन ए ) जापानको १२ औ राष्ट्रिय महाधिबेशनमा युवा ब्यवसायी सुर्य लामीछानेले केन्द्रीय सदस्यमा उम्मेदवारि दिनुभएको छ ।
रोजगारीको शिलसिलामा २००७ सालमा जापान आउनुभएका लामीछानेले केहि बर्ष जागीर गरेर आफुले आर्जन गरेको ज्ञान, सिप र अनुभबले आफ्नै ब्यवसाय गर्ने मनसायले २०१४ सालमा ब्यवसाय सुरु गर्नुभयो । निरन्तरको मेहनत, लगनशिलता र इमान्दारीताले ब्यवसायमा सफलता हासील गर्दै जानुभयो ।
टाेकीयोमा सफल युवा ब्यवसायीको छबि बनाउनुभएका लामीछानेको कम्पनिको ठाउ ठाउमा ब्रान्चहरु छन । जहा धेरै नेपाली, ईन्डियान र थाइल्याण्डका नागरिकले रोजगारी पाएका छन । ब्यवसाय संगै लामीछाने सामाजीक कार्यहरुमा समेत निकै सकृय हुनुहुन्छ ।
बिभिन्न सामाजीक संघ सस्थामा नेतृत्वदायी भुमीकामा रहेर सफल नेतृत्वकर्ताको पहिचान बनाउनुका साथै सामाजीक कार्यमा समेत अग्रणी भुमीका निर्बाह गर्दै आइरहनुभएको छ । हाल बलेवा सेवा समाज त्यस्तै बाग्लुङ समाज मा संरक्षकको भुमिकामा रहेर बिभिन्न सामाजीक गतिबिधिमा सकृय रुपमा सहभागी रहदै आउनुभएको छ ।
जापानमा आपत, बिपतमा परेका नेपालीलाई निरन्तर सहयोग गर्दै आउनुभएका लामीछानेले आफुले गर्दै आइरहेको सामाजीक कार्यलाई अझै फराकीलो बनाउनका लागि केन्द्रीय सदस्यमा उम्मेदवारि दिएको बताउनुहुन्छ ।
“पारदर्शीता खबरदारीता सबल एनआरएनए बनाउने मेरो प्रतिबद्दता” भन्ने तथ्यलाई आत्मसात गर्दै खुल्ला केन्दीय सदस्यमा उम्मेदवारी दिनुभएको लामीछानेले आपतबिपतमा परेका नेपालीलाई बिगत देखि नै सक्दो सहयोग गर्दै आएकोमा केन्द्रिय सदस्यमा बिजय भएपछि आफुले गर्दै आएको सामाजीक कार्यको दायरा थप फराकीलो बनाउन सहज हुने बताउनुभयो ।
“परदेशमा रहेका नेपालीको सुख दुखमा साथ दिन पाउँदा ठुलो आत्मसन्तुस्टी मिल्ने लामीछानेले बताउनुभयो । जापानमा नेपालीको अभिभावक एन आर एन ए हो भन्ने भावना सबैमा जागृत गराउन, एन आर एन ए लाई सबैको आशा, भरोशा र बिस्वासको केन्द्रबिन्दु बनाउन साथै सबल र पारदर्शी बनाउनका लागि सबै जापानबासी मतदातालाइ आफुलाइ अमुल्य मत प्रदान गर्न उहाले आग्रह गर्नुभएको छ । एन आर एन ए जापानको निर्बाचन यहि जुलाइ २७ तारीक हुदैछ । जसमा १८३८१ सदस्यले मतदान गर्ने छन ।