नवलपुरः पौडी खेल्ने क्रममा डुबेर मृत्यु
रामकुमार श्रेष्ठ –
नवलपुर । नवलपुरको हुप्सेकोट गाउपालिका ५ राम्चेस्थित टारे पोखरीमा पौडी खेल्ने क्रममा डुबेर एक जना बालकको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरीक्षक मधु नेपालका अनुसार हुप्सेकोट गाउपालिका ५ राम्चे निवासी अप्सरा राई मगरको छोरा ८ वर्षिय आकाश राई मगरको मृत्यु भएको हो ।
६ जना साथीहरुसँग पौडी खेल्न गएकोमो आकाश राई खोलामा डुबेको र स्थानीयले देखि उद्दार गरी उपचारका लागि हुप्सेकोट आधारभूत अस्पताल पुर्याएका थिए ।
उनलाई बेहोस अवस्थामा उद्दार गरिएको थियो । उपचारको क्रममा अस्पतालका चिकित्सले उनलाई मृत घोषणा गरेको हो ।