चोरीका घटना बढेपछि नवलुर प्रहरीद्वारा माइकिङ्ग
रामकुमार श्रेष्ठ –
नवलपुर । नवलपुर जिल्ला भरी साना ठूला चोरीका घटना बढेपछि प्रहरीले माइकिङ्ग शुरु गरेको छ ।
जिल्ला प्रहरी कार्यालय नवलपुरले कावासोती डण्डा आसपासका क्षेत्रमा चोरीका घटना बढेको भन्दै सर्तक रहन माइकिङ्ग गरेको हो ।
जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी उपरीक्षक यादव ढकालले ठूला चोरीका घटना नभएपछि साना तिना चोरी र चोरी गर्ने नियतले घर फोर्ने लगायतका घटनाहरु बढेपछि सतर्कता अपनाउन माइकिङ्ग गरिएको बताए । ढकालका अनुसार प्रहरीको नियमित कार्यक्रम अन्तरगत पनि माइकिङ्ग गरिएको हो ।
त्यसैगरी यस अघि मध्यविन्दु नगरपालिका वडा ८ मा मात्रै १५ स्थानमा चोरीको घटना भएको भन्दै राति १० बजेदेखि हिड्न प्रतिबन्ध गराएको थियो ।
मध्यविन्दु ८ वडा कार्यालयले सूचना नै जारी गरेर यस्तो प्रतिबन्ध लगाएको हो ।
प्रहरी उपरीक्षक यादव ढकालले चोरीमा सम्लग्नहरुको खोजी गरी कारवाही गर्ने क्रम पनि चलिरहेको जानकारी दिए ।