गैडाकोटको रिसोर्टमा भिषण आगलागी
रामकुमार श्रेष्ठ –
नवलपुर ।
नवलपुरको गैडाकोट नगरपालिका ११ हर्कपुरमा रहेको बगैंचा एडभेन्चर रिसोर्टमा आज भिषण आगलागी भएको छ। जिल्ला प्रहरी कार्यालय नवलपुरका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक मधु नेपालका अनुसार होटलमा ठूलो आगलागी भएको छ ।
आगलागीपछि घटनास्थलमा भरतपुर महानगरपालिका र कावासोती नगरपालिकाबाट गएको दमकल, नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा स्थानीयवासीको सहयोगमा आगो नियन्त्रणको प्रयास जारी रहेको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ।
आगलागीको कारण र जान धन क्षतिको विवरण यकिन भइसकेको छैन।
जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार विहान १० बजेबाट लागेको आगो अझै नियन्त्रणमा आएको छैन ।
 
 