गैडाकोटको आगो ३ घण्टामा नियन्त्रणमा, २० करोड क्षति भएको अनुमान




रामकुमार श्रेष्ठ –
नवलपुर ।
नवलपुरको गैडाकोट नगरपालिका ११ हर्कपुरमा रहेको बगैंचा एडभेन्चर रिसोर्टमा लागेको आगो नियन्त्रणमा आएको छ ।

जिल्ला प्रहरी कार्यालय नवलपुरका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक मधु नेपालका अनुसार होटलमा ठूलो आगलागी भएको थियो । आगो करिब ३ घण्टामा नियन्त्रणमा लिइएको छ । विहान १० बजेतिर लागेको आगो दिउँसो १ बजेतिर नियन्त्रणमा लिइएको थियो ।




आगलागीबाट करिब २० करोडको क्षति भएको रिसोर्टका सञ्चालक सन्तोष धितालले बताए । प्रहरीले पनि क्षतिको संकलन भईरहेकोले यकिन तथ्यांक आइ नसकेको जनाएको छ ।

प्रहरी नायव उपरीक्षक मधु नेपालले भने – यकिन तथ्यांक आइपुगेको छैन । क्षतिको विवरण संकलन हुने काम भईरहेको छ । रिसोर्ट संचालकले २० करोड क्षति भएको दावी गरेका छन् ।
आगो चितवनको भरतपुर महानगरपालिका र नवलपुरकाृे कावासोती नगरपालिकाबाट गएको दमकल, नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा स्थानीयवासीको सहयोगमा नियन्त्रणमा लिइएको थियो ।

आगालगीबाट मानवीय क्षति भने भएको छैन । आगलागीको कारण स्पष्ट भई नसकेको प्रहरीले जनाएको छ । रिसोर्ट सञ्चालक सन्तोष धितालले भने किचनबाट वा विद्युत सर्ट भएर आगलागी भएको हुन सक्ने आशंका गरेका छन् ।
रिसोर्टमा ठूलो आगो लागेपछि मात्र आगोलागेको थाहा पाएका थिए ।



सम्बन्धित
Loading...