भुवराज पाठकको नेतृत्वमा नेपाल कराँते महासंघ नवलपुरको नयाँ समिति गठन




नवलपुर । भुवराज पाठकको नेपाल कराँते महासंघ नवलपुरको नयाँ समिति गठन गरिएको छ ।

जिल्ला खेलकुद विकास समिति नवलपुरका अध्यक्ष सेतबहादुर पुनको प्रमुख आतिथ्यतामा भएको नेपाल कराँते महासंघ नवलपुरको प्रथम जिल्ला अधिवेशनले भुवराज पाठकको नेतृत्वमा १५ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो ।




जसको उपाध्यक्षमा ओम थापा मगर, मिन बहादुर थापा मगर, सचिवमा विजय पुलामी र कोषाध्यक्षमा कोपिला सोती मगरलाई चयन गरेको छ ।

त्यसैगरी सदस्यहरुमा खुमबहादुर लामिछाने, राजकुमार कुमाल, अभिषेक थनेत, एलिसा थापा, विप्सन बराल, शोनिसा महतो, रोशन गरम्जा, इन्दिरा माया पाठक, सखिना गुरुङ र कुसुम क्षेत्री चयन भएका छन् ।



सम्बन्धित
Loading...