लायन्स क्लब अफ कावासोतीद्वारा वृक्षारोपण




नवलपुर । नवलपुरको कावासोतीमा रहेको लायन्स क्लब अफ कावासोतीले आज कावासोतीमा वृक्षारोपण गरेको छ ।
कावासोती ३ मा रहेको भिमसेन कालिका नेवा समाजको कमाउण्ड भित्र कपुर, अमला लगायतका विभिन्न प्रजातिका ४० वटा विरुवा वृक्षारोपण गरिएको हो ।
लाइन्स क्लब अफ कावासोती बर्ष २०२५/२०२६ का अध्यक्ष सुमन श्रेष्ठको अध्यक्षतामा भएको वृक्षारोपण कार्यक्रम नेपाल आदिवासी जनजाति महासंघ नवलपुरका अध्यक्ष रामकुमार श्रेष्ठको प्रमुख आतिथ्यतामा भएको थियो ।
कार्यक्रममा बोल्दै नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद नवलपुरका अध्यक्ष रामकुमार श्रेष्ठले लायन्स क्लबको सामाजिक कार्य प्रशंसनीय रहेको बताए ।

कार्यक्रममा लायन्स क्लब अफ कावासोतीका पदाधिकारी तथा सदस्यहरुको सहभागिता रहेको थियो । कार्यक्रममा लायन्स क्लब अफ कावासोतीका अध्यक्ष सुमन कुमार श्रेष्ठले लायन्स क्लबले सामाजिक क्षेत्रमा गर्ने विभिन्न ८ वटा कार्य मध्य वातावरण संरक्षण पनि भएकोले वृक्षारोपण गरिएको जानकारी दिए । उनका अनुसार उक्त विरुवा डिभिजन वन कार्यालय नवलपुरबाट सहयोग प्राप्त गरिएको हो ।

 



सम्बन्धित
Loading...