मध्यविन्दु १५ स्थित भिठ्ठा डिप ट्युवेल आयोजना उद्घाटन




नवलपुर । नवलपुरको मध्यविन्दु नगरपालिका १५ स्थित भिठ्ठा डिप ट्युवेल आयोजना निर्माण सम्पन्न पश्चाप आज उद्घाटन गरिएको छ ।

आयोजनाको उपभोक्ता समुहका अध्यक्ष होम बहादुर गुरूङको अध्यक्षता, गण्डकी प्रदेशका प्रदेश सभा सदस्य तथा गण्डकी प्रदेश सामाजिक तथा कृषि समितिका सभापति दमयन्ती रूचाल रितुको प्रमुख आतिथ्यतामा भएको थियो ।




कार्यक्रममा भूमिगत जल सिंचाई आयोजना भरतपुरका प्रमुख विश्व बन्धु के सी, मध्यविन्दु–१५ का वडा अध्यक्ष यमबहादुर के.सी, कार्यपालिका सदस्य कृष्ण प्रसाद विक, वाईसिएल नेपालका केन्द्रिय सचिब तथा नेकपा (माओवादी केन्द्र) मध्यविन्दु नगर समितिका अध्यक्ष अनन्त अधिकारी, नवलपुर बहुमुखी क्याम्पसका प्रमुख मुनादेवी लम्साल, नेकपा (माओवादी केन्द्र) मध्यविन्दु नगर उपाध्यक्ष बाबुराम घिमिरे लगायत विभिन्न सामाजिक संघसंस्थाका प्रतिनिधिहरू र उपभोक्ताहरूको सहभागिता रहेको थियो ।

झण्डै ९३ लाखमा सम्पन्न भएको यो आयोेजनाबाट करिब ६० विघा जग्गामा सिंचाई हुने बताईएको छ ।



सम्बन्धित
Loading...