नवलपुरमा खोल्सामा खसी एक जनाको निधन




नवलपुर ।
नवलपुरको गैडाकोट नगरपालिका १४ नगरटाँडी स्थित भित्री सडकबाट २० मिटर तल खोल्सामा खसेर एक जना पुरुषको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरीक्षक मधु नेपालका अनुसार खोल्सामा खसेर आज विहान देवचुली नगरपालिका १६ रहजर निवासी ५१ बर्षीय किसान न्यौपानेको मृत्यु भएको हो ।




शुक्रबार साँझ घरबाट नगरटाँडी स्थित जाली फ्याक्ट्रीमा काम खोज्न जान्छु भनि साइकल लिइ हिडेको उनी शनिबार विहानसम्म घर फर्किएका थिएनन् ।

उनलाई स्थानीयले मृत अवस्थामा देखेपछि प्रहरीलाई खबर गरेको प्रहरीले जनाएको छ । घटना स्थल नजिकै साइकल फेला परेको र उनी साइकलबाट लडेर खोल्सामा खसेको हुन सक्ने प्रहरीले प्रारम्भिक अनुमान गरेको छ । प्रहरीले घटनाको थप अनुसन्धान गरिरहेको जनाएको छ ।



सम्बन्धित
Loading...