नवलपुरमा लागु औषधसहित एक जना पक्राउ 




कुसुम परियार – 

नवलपुर । नवलपुरको विनयी  त्रिवेणी गाउपालिका २ ज्यामिरे स्थित पूर्व–पश्चिम राजमार्गमा चेकजाँच गर्ने क्रममा प्रहरीले एक जनालाई लागू औषधसहित पक्राउ गरेको छ ।




बर्दघाटबाट काठमाण्डौतर्फ आउँदै गरेको ना २३ प ५७६६ नम्बरको स्कुटीलाई रोकी चेकजाँच गर्दा स्कुटीको डिक्कीमा फाइबरको रङ्गीन झोलामा लुकाई–छिपाइ राखेको ओनेरेक्स नामक लागुऔषध १०० एमएलको २५ वटा बोतल फेला परेको नवलपुर प्रहरीले जनाएको छ ।

स्कुटि र स्कुटी चालक बाग्लुङ जिल्लाको  गल्कोट नगरपालिका १ निवासी ३० बर्षीय दिपक दर्जीलाई प्रहरीले नियन्त्रणमा लिइ थप अनुसन्धान कार्य भई रहेको नवलपुर प्रहरीले जनाएको छ ।



सम्बन्धित
Loading...