नवलपुरको देवचुलीमा सवारी दुर्घटना, ३ जना घाइते

कुसुम परियार –
नवलपुर । नवलपुरको देवचुली नगरपालिका वार्ड नं २ सिजी स्थित सडक खण्डमा २ वटा मोटरसाइकल एकआपसमा ठक्कर खाई भएको दुर्घटनामा परी ३ जना घाइते भएका छन् ।
दुम्कौलीबाट सिजीतर्फ जाँदै गरेको ना ३८ प ५२६६ नम्बरको मोटरसाइकल र सोही दिशातर्फ जाँदै गरेको ना २० प १५०३ नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाँदा दुर्घटना भएको हो ।
दुर्घटनामा ना ३८ प ५२६६ नम्बरको मोटरसाइकल चालक नवलपुरको देवचुली नगरपालिका २ दुम्कौली निवासी ४६ बर्षीय जीवन महतो गम्भीर घाइते भएका छन् । उनको टाउकोमा चोट लागेकोमा देवचुली अस्पताल दलदलेमा समान्य उपचार पस्चात थप उपचारको लागि चितवन स्थित मनकामना अस्पताल रिफर गरिएको नवलपुर प्रहरीले जनाएको छ ।
त्यसैगरी ना २०प १५०३ नम्बरको मोटरसाइकल चालक देवचुली नगरपालिका १४ निवासी २५ बर्षीय दीपक सुनार र सोही मोटरसाइकल पछाडि सवार देवचुली नगरपालिका १४ निवासी १८ बर्षीय शुभम सुनार घाइते भएका छन । दुवै जनाको अवस्था सामान्य रहेको र उनीहरुको दलदले स्थित देवचुली अस्पतालमा उपचार भईरहेको नवलपुर प्रहरीले जनाएको छ ।