देवचुलीमा जिप र स्कुटर एक आपसमा ठक्कर खादा एक जना घाइते

कुसुम परियार –
नवलपुर । नवलपुरको देवचुली नगरपालिका वडा नं. १६ टाँगीकोट स्थित राजमार्गमा जिप र स्कुटर एक आपसमा ठक्कर खादा एक जना घाइते भएका छन् ।
कुजौलीदेखि फारमचोक आउदै गरेको बा.प्र.०६–००४ प ३३८९ नं को स्कुटरलार्इ दलदलेबाट बुलिङटारतर्फ जादै गरेको ग १ ज ७७८६ नं को जिपले ठक्कर दिइ दुर्घटना हुँदा देवचुली नगरपालिका वडा नं. १७ निवासी २२ बर्षीइ दिपेश अधिकारी घाइते भएका हुन् ।
घाइतेको खुट्टा र दुबै हातमा चोट लागि उपचारको लागी नारायणी सामुदायिक अस्पताल भतरतपुर चितवन पठाइएको प्रहरीले जनाएको छ ।