नारायणी नदी किनारमा महिला मृत भेटिए

कुसुम परियार –
नवलपुर । नारायणी नदी किनारमा आज एक जना महिलाको शव फेला परेको छ ।
नवलपुरको गैंडाकोट नगरपालिका २ स्थित नारायणी रिसोर्ट अगाडि नारायणी नदी किनारमा एक जना वृद्ध महिला मृत अवस्थामा फेला परेकी हुन् ।
जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार अन्दाजी ६०÷६५ बर्षीया वृद्ध महिला घोप्टो अवस्थामा मृत फेला परेको हो । स्थानीयले महिलाको शव देखेपछि प्रहरीलाई खबर गरेको थियो ।
प्रहरीले अहिले घटनाको मुचुल्का तयार गरि शव पोष्टमार्टमका लागि भरतपुर अस्पताल चितवनमा पठाएको जनाएको छ ।
मृतकको सनाखत हुन सकेको छैन ।