नवलपुरमा घाइते अवस्थामा भेटिएका पुरुषको उपचारको क्रममा निधन 




कुसुम परियार –

नवलपुर । नवलपुरमा घाइते अवस्थामा फेला परेका एक जना पुरुषको निधन भएको छ ।




नवलपुरको मध्यविन्दु नगरपालिका बेसारघारी स्थित पूर्व–पश्चिम राजमार्गमा घाइते अवस्थामा भेटिएका अन्दाजी ४० बर्षीय पुरुषको उपचारको क्रममा अस्पतालमा मृत्यु भएको नवलपुर प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरीक्षक मधु नेपालका अनुसार राति एक बजेतिर अरुणखोला चोरमारा बीच जंगलमा घाइते अवस्थामा भेटिएका पुरुषलाई उपचारको लागि मध्यबिन्दु प्रादेशिक अस्पताल डण्डा ल्याइएकोमा उपचारको क्रममा उनको मृत्यु भएको हो ।

निजको टाउको छाति र दाहिने खुट्टामा चोट रहेको थियो । उनलाई सवारी साधनले ठक्कर दिएको वा जंगली जनवारले आक्रमण गरी घाइते भएको यकिन नभएको उनले बताए ।

मृतकको शब पोष्टमार्टमका लागि मध्यविन्दु प्रादेशिक अस्पतालमा राखिएको र घटनाको अनुसन्धान भईरहेको नवलपुर प्रहरीले जनाएको छ । उनको अहिलेसम्म सनाखत भएको छैन ।



सम्बन्धित
Loading...