चोरमारामा दुर्घटना एक जनाको मृत्यु, १ जना गम्भीर घाइते
कुसुम परियार –
नवलपुर । नवलपुरको चोरमारामा आज साँझ भएको सवारी दुर्घटनामा परी १ जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन् ।
दुर्घटनामा परी मृत्यु हुने र घाइते दुवै सिमा सुरक्षा तालिम शिक्षालय बर्दघाटमा कार्यरत सशस्त्र प्रहरी हुन ।
मध्यविन्दु नगरपालिका ८ फुलबारी उकालोमा बा.प्र.०६–००१ क ०४४४ नं.को मिनि ट्रक र बिपरित दिशाबाट आउदै गरेको बा ७६ प २७१७ नम्बरको पल्सर मोटरसाइकल एकआपसमा ठक्कर मोटरसाइकल चालकको मृत्यु भएको हो भने मोटरसाइकलमा सवार अर्का एक जना गम्भीर घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरीक्षक मधु नेपालका अनुसार दुर्घटनामा परी मोटरसाइकल चालक ३३ नम्बर गुल्म मुस्ताङ दरबन्दी भई हाल सिमा सुरक्षा तालिम शिक्षालय बर्दघाटमा तालिमरत सशस्त्र प्रहरी जवान राजकुमार बोहोराको मृत्यु भएको हो ।
त्यसैगरी दुर्घटनामा परी कावासोती नगरपालिका १४ सुन्दरबस्ती बस्ने अन्दाजी ३० बर्षीय जित बहादुर महतो गम्भीर घाइते भएका छन् ।
महतो २६ नम्बर गण पश्चिम नवलपरासी बेलासपुर दरबन्दी तथा कार्यरत रहि हाल सिमा सुरक्षा तालिम शिक्षालय बर्दघाटमा तालिमरत सशस्त्र प्रहरी जवान हुन् ।
उनको मध्यविन्दु प्रादेशिक अस्पताल डण्डामा उपचार हुन नसकी थप उपचारका लागि चितवन मेडिकल कलेज भरतपुर रिफर गरिएको प्रहरीले जनाएको छ ।