गैडाकोटमा इभि माइक्रो र मोटरसाइकल ठक्कर खाँदा १ जना घाइते

कुसुम परियार –
नवलपुर । नवलपुरको गैंडाकोट नगरपालिका वडा नम्वर ५ आदर्श चोक स्थित पूर्व–पश्चिम राजमार्गमा ईभी माइक्रो र मोटरसाइकल एक आपसमा ठक्कर खाइ सवारी दुर्घटना हुँदा एक जना घाइते भएका छन् ।
पूर्व नारायणगढबाट पश्चिम दाङतर्फ जाँदै गरेको लु प्र. ०१–००१ ख ०७५५ नम्वरको ईभी माइक्रो र बिपरीत दिशाबाट आउदै गरेको ना.५० प १७१ नं।को मोटरसाइकल एक आपसमा ठक्कर खाँदा दुर्घटना भएको हो ।
दुर्घटनामा मोटरसाइकल चालक पर्साको पिपरा गाउपालिका २ भिखम्पु घर भई हाल नवलपुरको गैंडाकोट नगरपालिका ४ निवासी घर बनाउने ठेकेदार अन्दाजी ४० बर्षीय महेश राउत कुर्मी घाइते भएका हुन् ।
घाइतेलाई उपचारको लागी नारायणी सामुदायिक अस्पताल भरतपुर चितवन लगिएको, घाइतेको बाँया खुट्टाको घुँडा भन्दा मुनि चोट लागेको र अबस्था मध्यम रहेको प्रहरीले जनाएको छ ।
मोटरसाइकल, ईभी माइक्रो र ईभी माइक्रो चालक दाङको घोराही नगरपालिका वडा नम्वर १० नारायणपुर निवासी ३२ बर्षीय करन अर्याललाई प्रहरीले नियन्त्रणमा लिएको छ ।