वेनिमणिपुर स्वास्थ्य चौकीमा भिडियो एक्सरे मेसिन, स्वास्थ्य मन्त्रीले गरे हस्तान्तरण
कुसुम परियार –
नवलपुर । गण्डकी प्रदेशका स्वास्थ्य मन्त्री कृष्णप्रसाद पाठकले नवलपुरको विनयी त्रिवेणी गाउँपालिका ४ मा रहेको स्वास्थ्य चौकीलाई अस्पताललाई भिडियो एक्सरे मेसिन हस्तान्तरण गरेका छन् ।
नवलपुरको विनयी त्रिवेणी गाउँपालिकाको आधारभूत अस्पतालका साथै यहाँ रहेका स्वास्थ्य संस्थाहरुको निरीक्षणका लागि आइपुगेका मन्त्री पाठकले स्वास्थ्य चौकीलाई गण्डकी प्रदेश सरकारले सहयोग गरेको एक्सरे मेसिन हस्तातरण गरेका हुन् ।
कार्यक्रममा गण्डकी प्रदेश सभा सदस्य लक्ष्मण पाण्डे, विनयी त्रिवेणी गाउँपालिका अध्यक्ष घनश्याम गिरी, पूर्व अध्यक्ष डम्बरबहादुर जिसी लगायतका स्थानीय जनप्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि, स्वास्थ्यकर्मी लगायतको सहभागिता रहेको थियो ।
त्यसैगरी सोही अवसरमा सर्दीमा रहेको होङ्गसी सिमेन्टले वेनिमणिपुर स्वास्थ्य चौकी भवन निर्माणका लागि २ लाख रुपैयाँ समेत सहयोग गरेको थियो ।
मन्त्री पाठकले विनयी त्रिवेणीको आधारभूत अस्पतालको निरीक्षण समेत गरेका थिए ।
त्यसैगरी उनले श्रीमानद्वारा हत्या भएकी गोमा पौडेलको घर पुगि श्रद्धाञ्जली पनि अर्पण गरेका थिए ।