नवलपुरमा दुर्घटना एक जना घाइते



कुसुम परियार – 
नवलपुर । नवलपुरको गैंडाकोट नगरपालिका वडा नम्वर ८ बिजय चोक नजिक पूर्व(पश्चिम राजमार्गमा म्याजिक र मोटरसाइकल एक आपसमा ठक्कर खाइ सवारी दुर्घटना हुदा एक जना घाइते भएका छन ।



गैडाकोटको बिजय चोकबाट शिलान्याश चोकतर्फ जादै गरेको ना १ज ८८५५ नं. को म्याजिक दाहिने मोड्ने क्रममा सोही दिशा बाट आउदै गरेको आउदै गरेको ना ३५प ३५१८ नं. को मोटरसाइकल एक आपसमा ठक्कर खान जाँदा सवारी दुर्घटना भएको हो ।

दुर्घटनामा मोटरसाइकल चालक नवलपुरको मध्यबिन्दु ९ चोरमारा घर भई हाल गैडाकोट नगरपालिका ५ कुशुमनगर निवासी ३० बर्षीय अर्जुन कुमाल घाईते भई उपचारको लागि सामुदाईक अस्पताल गैंडाकोट लगिएको प्रहरीले जनाएको छ ।




घाइतेको बाँया हात फ्याक्चर अबस्था मध्यम रहेको र म्याजिक र म्याजिक चालक नवलपुरको गैडाकोट नगरपालिका ७ निवासी २३ बर्षीय किशोर कुमाल प्रहरीले नियन्त्रणमा लिएको छ ।



सम्बन्धित
Loading...