गौरिशंकर सहकारीको १३औं वार्षिकोत्सवमा रक्तदान




निरु गौतम –

कावासोती — हुप्सेकोट–३, गिरुवारीस्थित गौरिशंकर बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आफ्नो १३औं वार्षिकोत्सवको अवसरमा शनिबार रक्तदान कार्यक्रम गरेको छ।




सहकारीका सह–व्यवस्थापक श्री लक्ष्मण सुबेदीका अनुसार कार्यक्रममा ३७ जनाले रक्तदान गरेका थिए। संस्थाले हरेक वर्ष वार्षिकोत्सवको अवसरमा रक्तदान कार्यक्रम गर्दै आएको छ।

यसपटक भने नव–निर्मित आफ्नै भवनमै कार्यक्रम आयोजना गरिएको हो। कार्यक्रममा हुप्सेकोट गाउँपालिका–३ का वडा अध्यक्ष श्री बिश्नु राना प्रमुख अतिथि तथा अध्यक्षता संस्थाका अध्यक्ष श्री पदमराज तिम्सिनाले गर्नुभएको थियो ।

रक्तदान कार्यक्रममा नवलपुर रक्त सञ्चार सेवा र नेपाल रेडक्रस सोसाइटी उपशाखा कावासोतीले प्राविधिक सहयोग पुर्याएका थिए। “रक्तदान नै जीवनदान” भन्ने मूल नारासहित सम्पन्न कार्यक्रममा सहभागी दाताहरुलाई संस्थाले धन्यवाद ज्ञापन गरेको थियो ।

 



सम्बन्धित
Loading...