नवलपुरमा कन्टेनर र ट्रक ठोक्कियो, १ जनाको मृत्यु, २ जना घाइते, अर्को दुर्घटनामा १ जना घाइते




कुसुम परियार –
नवलपुर । नवलपुरको देवचुली १५ लोकाहामा कन्टेनर र ट्रक एक आपसमा ठक्कर खाँदा १ जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार गएराति देवचुली नगरपालिका १५ लोकहा स्थित पुर्व पश्चिम राजमार्गमा नारायणगढबाट बुटवलतर्फ जाँदै गरेको ना २ क ११९ नं. को कन्टेनर र बुटवलबाट नारायणगढतर्फ आउदै गरेको प्र.२–०३००१ ख ४०५६ नं. को ट्रक एक आपसमा ठक्कर खान जाँदा १ जनाको मृत्यु भएको हो ।
दुर्घटनामा परी ना २ क ११९ नम्बरको कन्टेनर चालक पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका १ निवासी ३५ बर्षीय माधव पंगेनीको मृत्यु भएको छ ।




गम्भीर घाइते पंगेनीको उपचारको क्रममा पुराना मेडिकल कलेज भरतपुरमा गएराति नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरीक्षक मधु नेपालले बताए ।

त्यसैगरी दुर्घटनामा परी सोही कन्टेनरका सह चालक चितवनको राप्ती नगरपालिका ७ निवासी ३६ बर्षीय रामबहादुर सार्की र ट्रक चालक महोत्तरी जिल्लाको बर्दिबास नगरपालिका ११ निवासी ३० बर्षीय बीचबहादुर थिङ गम्भीर घाइते भएका छन् ।

उनीहरुको एलाइभ अस्पताल भरतपुरमा उपचार भईरहेको नवलपुर प्रहरीले जनाएको छ ।
त्यसैगरी नवलपुरको गैडाकोट नगरपालिका १६ स्थित सोह्र नम्बर चोकमा दुई वटा मोटरसाइकल एक आपसमा ठक्कर खाँदा १ जना बालिका घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार भेँडाबारीबाट रजहरतर्फ जाँदै गरेको ना ३३ प ८६८९ नम्बरको मोटरसाइकललाई सोहि दिशातर्फ जाँदै गरेको ना १४ प ५०१७ नम्बरको मोटरसाइकलले पछाडिबाट ठक्कर दिँदा ८६८९ नम्बरको मोटरसाइकलमा सवारी गैडाकोट नगरपालिका १० निवासी बालिका घाइते भएका हुन् ।
दुर्घटनामा परि बालकृष्ण परियारको छोरी ११ बर्षीया बालिका बिपना परियार घाईते भएका हुन् ।
उनको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।



सम्बन्धित
Loading...