कपिलबस्तुमा कुकर बम राख्ने मुख्य योजनाकार तीन महिनापछि पक्राउ




कपिलवस्तु – कपिलवस्तुको मायादेवी गाउँपालिका–१ पकडीस्थित पान पसल टकं मुनी चेतावनी सहितको कुकर बम जस्तो देखिने बम राखेका मुख्य योजनाकार करिव ३ महिना पछि पक्राउ परेको बतएको छ ।

पिलबस्तु प्रहरीले कपिलवस्तु नगरपालिका वडा नम्बर ११ रेहरा स्थित हकिम मुसलमानलाई उनकै घरमा पक्राऊ गरेको कपिलबस्तुका प्रहरी नायब उपरीक्षक रितेन्द्र कुमार सिंहले बताएका छन् ।

यस अघि नै सो घटनामा सुद्धाधन गाउँपालिका ६ मनखोरियाका कपिलदेव लोनिया र सुशील कुमार लोनिया पक्राउ परेका थिए । गत जेठ १७ गते बिहान ६ बजेतिर तारले बेरिएको अवस्थामा कुकर बम जस्तो देखिने बस्तु फेला परेको थियो ।

कुकरमा ‘चेतावनीसहितको पर्चा टाँसिएको थियो । अभियुक्तलाई अदालतबाट म्याद थप गरी कारबाही प्रकृया अघि बढाइएको कपिलबस्तु प्रहरीले बताएकाे छ ।



सम्बन्धित
Loading...