नवलपुरमा कफ्र्यू हट्यो, जनजीवन सामान्य बन्दै




कुसुम परियार –  

नवलपुर । जेनजी आन्दोलनका कारण लागेको कफ्र्यू नवलपुरमा आजबाट हटेको छ ।




जिल्ला प्रशासन कार्यालय नवलपुरले आज एक सूचना जारी गर्दै कफ्र्यू हटेको जनाएको छ ।

नवलपुर जिल्लामा लागू भएको कफ्र्यू आज विहान ७ बजेबाट हटाइएको प्रशासनले जनाएको छ । कफ्र्यूू हटेसँगै बजार विस्तारै खुल्न थालेको छ । भने यहाँको जनजीवन विस्तारै सामान्य बन्दै जान थालेको छ ।

कफ्र्यू हटे पनि निषेधाज्ञा भने जारी रहेको सूचनामा जनाइएको छ । निषेधाज्ञाको समयमा ५ जना भन्दा बढी जम्मा भई धर्ना, जुलुस, र्याली जस्ता कुनै पनि गतिविधि गर्न नपाइने जनाएको छ ।



सम्बन्धित
Loading...