नवलपुरका शैक्षिक संस्थाहरु भोलिदेखि खुल्ने




रामकुमार श्रेष्ठ –  

नवलपुर । नवलपुरका शैक्षिक संस्थाहरु भोलिदेखि सञ्चालनमा आउने भएका छन् ।




यहाँ रहेका पालिकाहरुले सूचना प्रकाशित गरि नवलपुरका विद्यालयहरु भोलिदेखि खुल्ने जनाएको हो । जेनजी आन्दोलन कारण बन्द भएका विद्यालयहरु भोलिदेखि खुल्ने भएको हो ।

त्यसैगरी प्याप्सन नवलपुरले पनि सूचना जारी गरी भोलिदेखि विद्यालय खोल्ने जनाएको छ ।

त्यस्तै नेपाल शिक्षक महासंघ नवलपुरका अध्यक्ष चन्द्रदेव तिवारीले सबै पालिकाहरुले विद्यालय खुल्न सूचना जारी गरेकोले भोलि आइतबारबाट विद्यालय खोल्ने तय भएको जानकारी दिए ।



सम्बन्धित
Loading...