नवलपुरमा दुर्घटना, दुई जना गम्भीर घाइते
कुसुम परियार –
नवलपुर । नवलपुरको मध्यविन्दु नगरपालिका १३ कोटथर स्थित भित्री सडक खण्डमा साइकल नालीमा खस्दा २ जना बालक गम्भीर घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार नवलपुरको मध्यविन्दु नगरपालिका १३ कोटथर भित्री सडक खण्डमा बालकहरुले चलाएको साइकल अनियन्त्रित भई सडकबाट २५ मिटर तल नालीमा खसेको थियो ।
साइकल दुर्घटनामा परी मध्यविन्दु ११ अरुणखोला निवासी १४ बर्षीय बालक गगन बस्याल र १२ बर्षीय बालक विबेक बस्याल घाइते भएका छन् ।
दुवै जनाको टाउकोमा चोट लागेको छ । घाइते दुवै जना बालकको नयाँ मेडिकल कलेज भरतपुरमा उपचार भईरहेको नवलपुर प्रहरीले जनाएको छ ।